Friday, 10 July 2020

गजल( घरबारको कुरा)


जब बिग्रदैँ गईरहेको थियो घरबारको कुरा
के सुन्न मन लाग्थ्यो र ? दरबारको कुरा !

मार्क्स, माओ लेलिन भएर के गर्नु ? मुटुमा
भोका होलान् वालखा ! नमाने–सरदारको कुरा !

पहिरो आएकै थियो, फैलेकै थियो- महामारी
बदलियो दुनियाँ तर बदलिएन गाउँघरको कुरा !

ओषती बोकेर पानीजहाज हिड्यो अरे काठमाण्डौबाट
डेढ मिटर पिताम्वरले बोकेर आयोे! अखवारको कुरा !

थेला उठेका हातहरू केवल पसिना चिन्दछ
चिन्दैन नेता ! बुझ्दैन कत्ति ! – सरकारको कुरा ।

चुल्हो बल्नै छाडेको छ !– यो पो त मेरो कुरा
विश्वयुद्व, शीतयुद्व– यी सब सन्सारको कुरा !

ईश्वर बलामी
२०७७/०३/२६

No comments:

Post a Comment