साक्षी हुनेछन्, म मरेपनि यी बाँच्ने मान्छे
म मान्छे, तर तिमी बिना नबाँच्ने मान्छे
म भमरा होइन, न त पात नै गुलावको !
काँडा जस्तै प्रतीक्षामा पनि म हाँस्ने मान्छे
वसन्तको पर्खाइ छैन ममा, तिमी आयौ भने
शिशिरमा पनि छमछमी, म नाच्ने मान्छे
सायद होला, मृत्यु अन्तिम विन्दु जीवनको तर
बाँचुञ्जेल यो श्वास तिम्रोलागि म साँच्ने मान्छे
जस्तै कठोर भएपनि, तिमी खुशी हुन्छौ भने
संसारको सारा रीति अनि थिति, म मास्ने मान्छे
ईश्वर बलामी
2015-6-3

No comments:
Post a Comment