कोहि किन्छन् त कोही किनिन्छन् यहाँ
बिक्छन् बजारमा थरि थरिका, आश हराएका मान्छे
मेटिएर जान्छ मान्छे, फरक ढिलो चाँढो न हो
भेटिदैन छवि कतै, निराश निराश हराएका मान्छे
जाऊँ कहाँ जाऊँ ? बन्द छन् ढोकाहरु
जिउँदाको मलामी जाने देशमा, लाश हराएका मान्छे
संघर्ष यो जीवनको, नजन्मिदैँ अन्त्यसम्म
अक्सर मध्यान्ह पछि देखिदैँन, विश्वास हराएका मान्छे
ईश्वर बलामी
२०१६ ०१ २१

No comments:
Post a Comment