Thursday, 28 April 2016

गजल

एकबार हैन बारबार मर्दैमा बित्छ समय शहरमा
दुःखमाथि दुःख पर्दैमा बित्छ समय शहरमा




म ढकमक्क फूलेर सजाउँछु भन्ने फूलहरू
कोपिला नबन्दै झदैमा बित्छ समय शहरमा

आज सुध्रिएला भन्यो, भोली सुध्रिएला भन्यो
आशा दिनको दिन गर्दैमा बित्छ समय शहरमा

खाल्डाहरू छन् शहरभरि ! शायद कहिल्यै नपूरिने
ठूलावडाको पेट भर्दैमा बित्छ समय शहरमा

ग्यासको, तेलको, बत्तीको, पानीको, बिरामीको
लाईनको लाइन सार्दै र सर्दैमा बित्छ समय शहरमा

युवा पाखुरी बेच्ने यो शहरलाई म खै के भनूँ ?
सपनाहरू खाडीतिर सर्दैमा बित्छ समय शहरमा

2016.04.23
Ishwor Balami

No comments:

Post a Comment