Sunday, 3 April 2016

गजल

जूनेली रातमा क्या साथ हजूरको
रातै जगमगाउने क्या बात हजूरको

शीशाको बोतलमा त्यो नशा कहाँ ?
मलाई लठ्याउने क्या मात हजूरको

बजारमा हजारमा बिक्ने मदिरा पनि
पानी बनाउने क्या हात हजूरको

सपना देखाउँछ मान्छेलाई अक्सर रातले
सपना लुटाउने क्या रात हजूरको

विश्वास नगर बेइमान हुन सक्छु म पनि
इमान बिकाउने क्या जात हजूरका

ईश्वर बलामी
२०१५।०८।१९

No comments:

Post a Comment