निर्दोष मेरी माया, तिमीसँग रिसाउँ कसरी
भारी छ मनभित्र, बाहिर बिसाउँ कसरी
गिज्याइरहे जस्तो लाग्छ अनगिन्ती आँखाहरु
कठघरामा उभ्याएर मनलाई खिसाउँ कसरी
प्रेम गर्छु तिमीलाई व्यापार कदापी होइन
मायाको दाम लगाई, व्याज मिसाउँ कसरी
एकैछिन पनि तिमी नहुँदा साथमा
आगो लाग्ने गर्छ मनमा, चिसाउँ कसरी
आऊ सुन मनको वह मझेरीमा तिमी
हैन भने आँशुको धारा पिसाॅउ कसरी
ईश्वर बलामी
भारी छ मनभित्र, बाहिर बिसाउँ कसरी
गिज्याइरहे जस्तो लाग्छ अनगिन्ती आँखाहरु
कठघरामा उभ्याएर मनलाई खिसाउँ कसरी
प्रेम गर्छु तिमीलाई व्यापार कदापी होइन
मायाको दाम लगाई, व्याज मिसाउँ कसरी
एकैछिन पनि तिमी नहुँदा साथमा
आगो लाग्ने गर्छ मनमा, चिसाउँ कसरी
आऊ सुन मनको वह मझेरीमा तिमी
हैन भने आँशुको धारा पिसाॅउ कसरी
ईश्वर बलामी
No comments:
Post a Comment