Sunday, 3 April 2016

गजल(मान्छेभित्र मान्छेको मन छैन)

संसार साँघुरो भयो, तरपनि आफ्नो पन छैन
किन होला अचेल, मान्छेभित्र मान्छेको मन छैन

मोल मोलाइ हुने यो बजार हो, छोरी चेलीको
दरिद्र भयो मानिस, मनमा कौडीको धन छैन

आविष्कार भए, चमत्कार भए अनेकौँ संसारमा
अझैपनि दुखीलाई दुःखै छ, सुखमा जन छैन

मनलाई मनसँग जोडे बाँच्छ सुन्दर मनहरु
मनै नभए सिंगो यो धर्ती अनि त्यो गगन छैन

को ठूलो ? को सानो ? मर्नु छ सबलाई एकदिन
उस्तै सबको, माटोमा नमिल्ने कसैसँग तन छैन

ईश्वर बलामी

No comments:

Post a Comment