Wednesday, 13 March 2019

गजल

जब जब सपनाहरु तिर्न नसकिने ऋण हुन्छ ।
अभिशप्त शताब्दी भैmँ कठोर प्रत्येक दिन हुन्छ ।

अनुमान मात्र हुन् सबै, थाहा हुन्छ भोग्नेलाई मात्र
एउटा खुट्टामा उभिएको सिंगो जिवन कति कठिन हुन्छ ।

आकाश सबैको हो अनि सबैको हो प्रकाश पनि
हाँसीरहेको अनुहार ऐना छेउ पुग्दा नपुग्दै मलिन हुन्छ ।

टाढिसकेको वर्षौ भई सक्दा पनि प्रिय आत्माहरु
चिहानमा पीडाको अनुभूति एउटा लाशलाई छिनको छिन हुन्छ ।

सबै देखिन्छन् उस्तै प्रतिविम्व पानीको सतहमा
केवल आफ्नै अनुहार हेर्दा हेर्दै विलिन हुन्छ ।

ईश्वर बलामी
2075-11-26

No comments:

Post a Comment