माया प्रेम, सद्भावले भरिएको छाती भै दिए
क्या गजब हुन्थ्यो दुनियाँ सबै जाती भै दिए
बन्दैन थियो होला, बन्दुक, बम अनि बारुद
दूश्मनी भूलाएर मान्छे-मान्छेका साथी भै दिए
न तेरो-न मेरो, सबथोक हाम्रो हुन्थ्यो
आफू तल भएर बाँकी माथी भै दिए
मान्छेले देउताको युद्ध फैलाए विश्वभरि
के फरक पथ्यो, देउता सबै सहपाठी भै दिए
भेद हुन्थे रंगमा, पर्खाल बन्थेन सायद सीमामा
आत्मा साक्षी राखी, एउटै संकल्प नढाँटी भै दिए
ईश्वर बलामी

No comments:
Post a Comment