कति कुराहरु यस्ता खोल्न मन लाग्दो होला
सबले पूज्ने ढुंगालाई नि बोल्न मन लाग्दो होला
अधूरा छन् सपनाहरु, श्याम श्वेत आँखाहरुमा
सप्तरंगी रंगहरु घोल्न मन लाग्दो होला
अनेकौ आशाहरु आफै पग्लिएर पूरा हुने भए
जोखिम त्यही पनि मोल्न मन लाग्दो होला
अध्यारोमा बिनासिति पहाड बोक्दैछ मान्छेहरु
उज्यालो बोकेर पारी छिचोल्न मन लाग्दो होला
कर्म गर ! ए मान्छेहरु, लेउ सारा अन्धविश्वास
एकै चिहान बनाई पोल्न मन लाग्दो होला
ईश्वर बलामी
2016.04.03

No comments:
Post a Comment