आफ्नै रंग फेर्न छिनको छिन सक्छ मान्छेले
ढुंगालाई नि देउता बनाई दिन सक्छ मान्छेले
धेर थोर दुःख कसलाई पो छैन र ?
खुशि दिएर आँसु लिन सक्छ मान्छेले
जीवन आफैमा अनेकौ उधारोहरु हुन्
तिरेर नै न त ऋण(रिन) सक्छ मान्छेले
छोटो पर्छ रिसको लागि सिंगो जीवन पनि
माया मा त घृणा अनि घिण सक्छ मान्छेले
एकबारको यो जिन्दगी, संसार भन्दा पनि ठूलो
मनको ढोका नउघार्दै, किन सक्छ मान्छेले
ईश्वर बलामी
2016.04.03
ढुंगालाई नि देउता बनाई दिन सक्छ मान्छेले
धेर थोर दुःख कसलाई पो छैन र ?
खुशि दिएर आँसु लिन सक्छ मान्छेले
जीवन आफैमा अनेकौ उधारोहरु हुन्
तिरेर नै न त ऋण(रिन) सक्छ मान्छेले
छोटो पर्छ रिसको लागि सिंगो जीवन पनि
माया मा त घृणा अनि घिण सक्छ मान्छेले
एकबारको यो जिन्दगी, संसार भन्दा पनि ठूलो
मनको ढोका नउघार्दै, किन सक्छ मान्छेले
ईश्वर बलामी
2016.04.03
No comments:
Post a Comment