Sunday, 3 April 2016

गजल(सबलाई मन पर्ने यो एकादेशको कथा)

अभिभावक र सन्तानबीचको वार्तालापमा अभिभावकले गरेको अभिव्यक्तिमा आधारित
सबलाई मन पर्ने यो एकादेशको कथा
जादु टुना गर्ने यो एकादेशको कथा

बृद्धमनको बाटोहुँदै अन्जानमै सपनाहरु
बालखा गाँउ सर्ने यो एकादेशको कथा

श्याम–श्वेत सपना मेरा, अब तिम्रा हातले
रंगीन बुट्टा भर्ने यो एकादेशको कथा

संसारकै खुशी देश जाने सागर पनि
तिमीसँगै तर्ने यो एकादेशको कथा

उधारो हुन्छ जीवन सदा जति बाँचे पनि
जन्मेपछि मर्ने यो एकादेशको कथा

तिमीमै सदा बाँच्छु म त, नबुझेर आँसु
फेरिपनि झर्ने यो एकादेशको कथा

ईश्वर बलामी
२०१३–०७–०९

No comments:

Post a Comment