उहि न हुँ म, खरानी घसेर के गर्नु ?
जानु छ टाढा, भीरमा खसेर के गर्नु ?
सागरी मन, पानी छ बेस्सरी उभानो
अञ्जुलीभर, मुठ्ठीमा कसेर के गर्नु ?
देखेर हुन्न, लेखेको लेखान्त आखिर
हुने न हो, पीरमा बसेर के गर्नु ?
आफनै जस्तो, तर नि बिरानो सबैको
समय यो, झीरमा फसेर के गर्नु ?
कोही छ भित्र, चिहाउँछ मजस्तै मुहार
बिरानो त्यो मन्दीर पसेर के गर्नु ?
ईश्वर बलामी
जानु छ टाढा, भीरमा खसेर के गर्नु ?
सागरी मन, पानी छ बेस्सरी उभानो
अञ्जुलीभर, मुठ्ठीमा कसेर के गर्नु ?
देखेर हुन्न, लेखेको लेखान्त आखिर
हुने न हो, पीरमा बसेर के गर्नु ?
आफनै जस्तो, तर नि बिरानो सबैको
समय यो, झीरमा फसेर के गर्नु ?
कोही छ भित्र, चिहाउँछ मजस्तै मुहार
बिरानो त्यो मन्दीर पसेर के गर्नु ?
ईश्वर बलामी
No comments:
Post a Comment