Saturday, 16 April 2016

गजल

ठीकै छ यतिखेर, बगैँचामा ढकमक्क फूल फूलेको छैन ।
फूल्नेछ अवश्य एकदिन, फूलले फूल्न भूलेको छैन ।




फर्किने मन किन नहोला र माहूरीहरूलाई विदेशबाट
अप्ठ्यारा छन् बाटाहरू पनि, ढोका अझै खूलेको छैन ।

मनभरि नेपाल बोकेका विदेशका टोल गल्लीहरूमा
स्वदेश फर्किने सन्देश बोकेर हुलाकी किन डुलेको छैन ।

आऊ हातेमालो गरौँ, आफ्नै देश बनाउन साथीहरू
मातृभूमिको माटोमा रगत पसिना अझै घूलेको छैन ।

हर रात सपनीमा आउँछ आमा/ बा अनि गाउँघर
सधैभरि विदेशमै बस्ने चाहना पक्कै पनि ठूलेको छैन ।

2016.04.14
Ishwor Balami

No comments:

Post a Comment