Sunday, 3 April 2016

गजल(, वाचा भो तिमीलाई)

सधैं सधैं माया गर्ने, वाचा भो तिमीलाई
सगैं जिउने सगैं मर्ने, वाचा भो तिमीलाई

सपना मेरो जस्तै तिम्रो पनि होलान्
रंग रंगी बिरगीं भर्ने, वाचा भो तिमीलाई

म शरिर हुँ, तिमी आत्मा हौ मेरो
तिमीतिरै बसाई सर्ने, वाचा भो तिमीलाई

उकाली ओराली यो जिन्दगीको प्रिय
सगैं चढ्ने सगैं झर्ने, वाचा भो तिमीलाई

सागर हो जीवन यदि भन्छ्यौ भने
एकै लहर भै तर्ने, वाचा भो तिमीलाई

ईश्वर बलामी
२०१६ ०२ १४

No comments:

Post a Comment