डाडाँमाथि घाम डुब्नै लागेको बेला थियो
बेसीँगाउँमा साहै रमाईलो मेला थियो
हराउनु थियो जसरी पनि यो मनलाई त्यहाँ
मोहनी लाउने उनको वैशालु रेला थियो
आइरह्यो उनकै मात्र रूप मेरो नजरमा
हुन त त्यहाँ हजारौं मान्छेहरूको भेला थियो
गुनासो न मलाई छ, न त मनलाई नै !
हारेर जानै पर्ने त्यो प्रेमको खेला थियो
नबोलेरै मसगँ छुट्टियौ त के भो र ?
भित्र माया बाहिर बाहिर हेला थियो
ईश्वर बलामी
2016/07/23