Friday, 29 April 2016

गजल

हाम्रो देशका कुकूरहरू खोरभित्र लुकि रहन्छन् ।
भित्रैबाट भए पनि बेला–बेला भूकि रहन्छन् ।

Thursday, 28 April 2016

गजल(चल्दैन काम काज ! सरकार)

हिजो के गर्यौ ? के गर्छौ आज ? सरकार
जनतै नरहे कसमा गर्छौ राज ? सरकार

गजल

एकबार हैन बारबार मर्दैमा बित्छ समय शहरमा
दुःखमाथि दुःख पर्दैमा बित्छ समय शहरमा

गजल

तिमी साथमा यो मन रूँदाखेरि होला कि नहोला ?
हाम्रो भेट फेरि फेरि होला कि नहोला ?

म त तिम्रै हुँ, सधैँ सधैँ समयको अन्त्यसम्म पनि
जुराको तिमीलाई, बनाई मेरी होला कि नहोला ?

तिम्रो माया साच्चै लाग्छ, आफै भन्दा धेरै
नपत्याए जाँची हेर, आखाँमा हेरी, होला कि नहोला ?

जहाँ तिमी त्यही म पनि, छेकेर हेर नभए
काँडै काडाले मनलाई घेरि होला कि नहोला ?

नजाऊ, हे मेरी मायालु मलाई एक्लो छोडी
भोलि त्यो बिहान यो अधेरीँ होला कि नहोला ?

2016.04.23
Ishwor Balami

गजल(मान्छेलाई मान्छेले मारेकै छ ।)

आफ्नालाई पनि पराया जस्तै पारेकै छ ।
दिने पनि हारेकै , लिने पनि हारेकै छ ।

सुखको साथी हो, यो पैसा भन्ने चीज पनि
दुःखमा त बहाना अनेक गरी तारेकै छ ।

आज भन्दा भन्दै, भोली भन्दा भन्दै
जीवनभर भाका दिनको दिन सारेकै छ ।

घमण्ड नगर आज तिम्रो साथमा  छ भनेर
जस्ताको पनि शेखी पैसाले झारेकै छ ।

न्याय खोजूँ म कहाँ ? यहाँ त दिन दहादै
पैसैको लागि मान्छेलाई मान्छेले मारेकै छ ।

2016.04.23
Ishwor Balami

गजल

थोरै असल धेरै जाली लाग्यो संसार
भित्र भित्रै खोक्रो अनि खाली लाग्यो संसार

Saturday, 16 April 2016

गजल(रहर पनि फर्केर आउँछु ।)

कमाउन सकिन तर पनि फर्केर आउँछु ।
गाँउको पूरानो घर पनि फर्केर आउँछु ।

गजल

नहिडनु पर्ने यो बाटो मान्छेको हैन
म त भन्छु यो माटो मान्छेको हैन

गजल

नौलाख तारा अनि जून छैन मसँग
हिरा मोती चाँदी सून छैन मसँग

गजल

ठीकै छ यतिखेर, बगैँचामा ढकमक्क फूल फूलेको छैन ।
फूल्नेछ अवश्य एकदिन, फूलले फूल्न भूलेको छैन ।

गजल(सबथोक बिकेको छ ।)

केही छैन नबिकेको ! सबथोक बिकेको छ ।
तिमी म मात्र होइन, पुरै लोक बिकेको छ ।

Sunday, 3 April 2016

गजल(सद्भावले भरिएको छाती भै दिए)

माया प्रेम, सद्भावले भरिएको छाती भै दिए
क्या गजब हुन्थ्यो दुनियाँ सबै जाती भै दिए

गजल(संसार सारा, म हेरुँ कसोरी)

तिमी विनाको संसार सारा, म हेरुँ कसोरी
तिम्रो आँखामा आँसुको धारा, म हेरुँ कसोरी ?

गजल( मेरै होला नि !)

रंग सिउदोको, मेरै होला नि !
रेखी गाँजलुको मोटो, मेरै होला नि !

गजल

उडेर प्राण जान्छ भने, तनको के अर्थ हुन्थ्यो र?

गजल

उतार चढावले भरिन्छ हर एक पाना जीवन कालको ।
जस्तो भोग्यो उस्तै हुन्छ, जीवन फरक खालको ।।

गजल

मिथ्या होइन धमनीको खुनमा बग्ने तिमी सर्वत्र लेखेँ ।
मेरो संसार रजाई गर्ने तिमी एकछत्र लेखेँ ।।

गजल(मन्जुर छ मलाई ।)

खोट लगाऊन दुनियाँले हजार भला, मन्जुर छ मलाई ।
गंगा जतिकै पवित्र, तिमी निश्चला, मन्जुर छ मलाई ।।

कविता(वाल दिवस विशेष)

कुनैदिन ईश्वरले बालख बनाईदिए

रोइदिन्थे मनहरु सँगसँगै म रुँदा
हाँसिदिन्थे मसँगै, खुशीमा म हुँदा

गजल(अपराध गर्ने मन भो !!)

चुढाएर गजल, अब वात गर्ने मन भो !
शाश्वत सत्यहरु व्यर्थैको, अपवाद गर्ने मन भो !!

गजल(तिमी दंग हुँदा बेग्लै !)

उजेली जून पनि तिमी दंग हुँदा बेग्लै !
झरनासगैँ नाच्ने इन्द्रेणी तिम्रो रंग हुँदा बेग्लै !!

गजल(उपहार तिमीलाई)

अनगिन्ती शूभेच्छाका डाली भो उपहार तिमीलाई
अगेनीमा पाइला टेक्ने पहिलो लाली भो उपहार तिमीलाई !

गजल(सबलाई मन पर्ने यो एकादेशको कथा)

अभिभावक र सन्तानबीचको वार्तालापमा अभिभावकले गरेको अभिव्यक्तिमा आधारित
सबलाई मन पर्ने यो एकादेशको कथा
जादु टुना गर्ने यो एकादेशको कथा

गजल

उहि न हुँ म, खरानी घसेर के गर्नु ?
जानु छ टाढा, भीरमा खसेर के गर्नु ?

गजल

पियारी, चुल्होमा मिठो पाक्यो कि ? हेर
अलिनो होला, नून राख्यो कि ? हेर

गजल(यी बाँच्ने मान्छे)

साक्षी हुनेछन्, म मरेपनि यी बाँच्ने मान्छे
म मान्छे, तर तिमी बिना नबाँच्ने मान्छे

गजल

श्रृष्टि काप्यो, फात्यो धर्ती त्यो प्रहर
भगनावशेष माथि रक्त स्नान गर्यो शहर

गजल( ईश्वर के भा को ?)

सुखमा त सबै थिए, दुःखमा काँ गा को ?
दुःखीलाई दुःखै छ, ईश्वर के भा को ?

गजल

निर्दोष मेरी माया, तिमीसँग रिसाउँ कसरी
भारी छ मनभित्र, बाहिर बिसाउँ कसरी

गजल( आजको समाचार)

के छ भनि हेरे ? आजको समाचार
पाना भरि रै छ लाजको समाचार

गजल

जूनेली रातमा क्या साथ हजूरको
रातै जगमगाउने क्या बात हजूरको

गजल

वारि हेर्यो पारि हेर्यो ठूलठूला भीर छ
कता पो जानू खै ?, मनैभरि पीरै पीर छ

गजल(मन लाग्दो होला)

कति कुराहरु यस्ता खोल्न मन लाग्दो होला
सबले पूज्ने ढुंगालाई नि बोल्न मन लाग्दो होला

गजल(छिन सक्छ मान्छेले)

आफ्नै रंग फेर्न छिनको छिन सक्छ मान्छेले
ढुंगालाई नि देउता बनाई दिन सक्छ मान्छेले

कविता

गजल( प्रेमको पत्र मायालूलाई)

ए पवन देख्यौ कि यत्रतत्र मायालूलाई
पठाउनू थियो प्रेमको पत्र मायालूलाई

गजल(म मरेपछि पनि)

जूठो नबारी खाए हुन्छ, म मरेपछि पनि
रातो सारी लाए हुन्छ, म मरेपछि पनि

गजल

गजल(मान्छेभित्र मान्छेको मन छैन)

संसार साँघुरो भयो, तरपनि आफ्नो पन छैन
किन होला अचेल, मान्छेभित्र मान्छेको मन छैन

गजल(आज भन्दा पैले पनि !)

गजल( अब त गरि खान देऊ)


स्वाभिमानी भै माग्छु, मलाई एक दान देऊ
चाहिदैन अरु केही, अब त गरि खान देऊ

गजल(पीरमा बसेको छु।)

कति पटक पीरमा बसेको छु।
कति पटक भीरमा बसेको छु।।

गजल

वारि हेर्यो पारि हेर्यो ठूलठूला भीर छ
कता पो जानू खै? मनैभरि पीरै पीर छ

गजल(रात यस्तो भयो 1)

काटेर नकाटिने, रात यस्तो भयो 1
तिमी झिर म पीर, साथ यस्तो भयो 2

गजल(तिमीबाट म छु, कोशौँ कोश पर)

तिमीबाट म छु, कोशौँ कोश पर
तिम्रो मनभित्र, अझै छु नि तर !

गजल( गाँस हराएका मान्छे)

छन् यहाँ अनगिन्ती गाँस हराएका मान्छे
आकाश ओढ्ने गर्दछन्, बास हराएका मान्छे

गजल

समृद्धि, शान्तिको गीत, गाउन पाए हुन्थ्यो ।
फर्किएर आफ्नै घर, आउन पाए हुन्थ्यो ।।

गजल

गजल(, वाचा भो तिमीलाई)

सधैं सधैं माया गर्ने, वाचा भो तिमीलाई
सगैं जिउने सगैं मर्ने, वाचा भो तिमीलाई

कविता(स्यालले हेर्दैछ ।)

गजल(शहर पसेको त्यो दिन)

गजल(मान्छे थरिथरिका )

गजल(रहर छोडेर कहाँ जाउँ ?)

गजल(साँझ अझै पर्नु छ)

केहीबेर बस अरु, साँझ अझै पर्नु छ
तिमीसँग मेरी माया, धेरै कुरा गर्नु छ !

गजल( नाम जिन्दगीको !)

दुई दिनको रमझम रै'छ, नाम जिन्दगीको !
एकदिन डुब्नै पर्ने रै'छ घाम जिन्दगीको !