Ishwor Balami
Collection of articles written by Ishwor Balami.
Sunday, 3 April 2016
गजल(आज भन्दा पैले पनि !)
फूले होलान् फूल यहाँ आज भन्दा पैले पनि !
तिमी जस्ती जून भने फूल्या थिएन कैले पनि !!
लाम होलान् मान्छेको तिमीलाई हेर्ने कति–कति
थोरै हुन्छन् साँचो माया हजारौँमा जैले पनि !!
तिमी मेरी साँचो श्रद्धा, मन–मन्दीरमा सजिएकी
पाप लाग्ला, तिम्रो कसम, मिथ्या बोले मैले पनि !!
मेरो खुशी तिम्रो भयो, तिम्रो आँसु अब मेरो
तिम्रै हुँ म, तिम्रै सबथोक, मागी हेर अैले पनि !
एकातिर तिमी हुनु मसँग सदा साथ
डर छैन अर्को तिर सिंगो संसार फैले पनि !!
ईश्वर बलामी
२०१३–०६–२०
No comments:
Post a Comment
Newer Post
Older Post
Home
View mobile version
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment