Sunday, 3 April 2016

गजल( आजको समाचार)

के छ भनि हेरे ? आजको समाचार
पाना भरि रै छ लाजको समाचार

रगतको वैतर्णी तरेर हिडेको बिहानले
के बोकेर आउला खै ? साँझको समाचार

बालखा आँखा हेर, छाम बृद्ध मनहरु
चिरिए होलान् देखेर माझको समाचार

बुद्धको देशबाट शान्ति खोज्न जाउँ कहाँ ?
बोकेर के जाउँ विश्वमा नाजको समाचार

वादल कस्तो लाग्यो आकाशमा यो देशका
छाँयामा हरायो कतै काम काजको समाचार

ईश्वर बलामी

No comments:

Post a Comment