Sunday, 3 April 2016

गजल(तिमी दंग हुँदा बेग्लै !)

उजेली जून पनि तिमी दंग हुँदा बेग्लै !
झरनासगैँ नाच्ने इन्द्रेणी तिम्रो रंग हुँदा बेग्लै !!

बालखा छ मन, बुझ्दैन केहि गरेपनि कति
आकाश छुन्छु भन्छ, मनमा उमंग हुँदा बेग्लै !!

आकाशभन्दा माथि, सिंगो संसारभन्दा पर
भिन्नै दुँनिया देख्छु मायाको, तिमी मसँग हुँदा बेग्लै !!

रहरलाग्दो मन्द मुस्कानमा सजिएको तस्वीर बस्तीको
रुन्चे शहर आजभोली, वैशालु तरंग हुँदा बेग्लै !!

बेहोशी मैँ समाधिष्ट हुने मृगतृष्णा यो कस्तो जाग्यो ?
आफै बाँचेको जीवन, नशा भंग हुँदा बेग्लै !!

ईश्वर बलामी
२०१३–०६–०९

No comments:

Post a Comment