Saturday, 16 April 2016

गजल

नौलाख तारा अनि जून छैन मसँग
हिरा मोती चाँदी सून छैन मसँग



जस्तो हौ तिमी उस्तै उस्तै मपनि
धमनीमा हेर सेतो खून छैन मसँग

पसिना बग्छ मेरो पनि बाँच्न यो शहरमा
जहाँ पनि बिक्ने गुण छैन मसँग

तिम्रो मात्र हैन अलिनो छ समय मेरो पनि
साँझ बिहान स्वाद दिने नून छैन मसँग

आशाहरू छन् हरेक निराशामा पनि
तागत त्यो आकाश छून छैन मसँग

2016.04.12
Ishwor Balami

No comments:

Post a Comment