Sunday, 3 April 2016

गजल

उतार चढावले भरिन्छ हर एक पाना जीवन कालको ।
जस्तो भोग्यो उस्तै हुन्छ, जीवन फरक खालको ।।


केहीलाई सबथोक दिएर जान्छ, केहीलाई शून्य
स्वीकारौँ यो परिणाम, मैदानमा फेरिएका चालको ।।

कथा अर्कै हुन सक्छ, भोगाई फरक फरक
तिमी हामी विछोडिएको यो लामो अन्तरालको ।।

वारि तिमी गुञ्जिन्छौँ, पारी म घन्किन्छु
दुई किनारका हामी तर उद्गम एकै छालको ।।

सुःख, शान्ति, समृद्धि, दीर्घायु र सु-स्वास्थ्य
शुभकामना तिमीलाई मेरो यो नयाँ सालको ।।

ईश्वर बलामी
२०७०–०१–०१

No comments:

Post a Comment