रंग सिउदोको, मेरै होला नि !
रेखी गाँजलुको मोटो, मेरै होला नि !
तिम्रो मूहार सजिएको यो दिल मेरो जस्तै
तिम्रो दिलमा फोटो, मेरै होला नि !
पूजाको फूल जस्तै, तिम्रो पाउमा अर्पिएको
जिन्दगी यो छोटो, मेरै होला नि !
नाम होला कुँदिएको तिम्रो दिलमा पनि
त्यसमा बस्ने खोटो, मेरै होला नि !
ईश्वर बलामी
2015~6~26
No comments:
Post a Comment