Sunday, 3 April 2016

गजल(मन्जुर छ मलाई ।)

खोट लगाऊन दुनियाँले हजार भला, मन्जुर छ मलाई ।
गंगा जतिकै पवित्र, तिमी निश्चला, मन्जुर छ मलाई ।।

दोष तिमीलाई के दिनु ? गल्ती मेरै हो-उच्चकांक्षा
अपवाद जीवन अब एक्ला, मन्जुर छ मलाई ।।

विश्वास हुन्न रत्तिभर अझै पनि तर सत्य हो
लेखान्तले कोरेका ती पला, मन्जुर छ मलाई ।।

देखेँ अनेक यहाँ, आज सत्य हारेको पनि देखेँ
अब त कस्तै जल-जला, मन्जुर छ मलाई ।।

एउटा भूल अरु, गर्न सकुँ म तिम्रो लागि
उपरान्त हर फैसला, मन्जुर छ मलाई ।।

ईश्वर बलामी
थानकोट-९, काठमाडौँ

No comments:

Post a Comment