Sunday, 3 April 2016

गजल(संसार सारा, म हेरुँ कसोरी)

तिमी विनाको संसार सारा, म हेरुँ कसोरी
तिम्रो आँखामा आँसुको धारा, म हेरुँ कसोरी ?

टिलपिल उस्तै गरेपनि, सिंगो सगर रातमा
तिमी नभए मेरी तारा, म हेरुँ कसोरी ?

तिमी हास्यौँ भने फूल फूल्नेछ ढकमक्क
हैनभने मनैभरि मनमारा, म हेरुँ कसोरी ?

तिम्रो आँसु म पिउन सकुँ, बदलामा खुशी दिएर
मरिजाउँ सकिनछु भने, विचारा, म हेरुँ कसोरी ?

वगाएर लैजाउ, मलाई पनि तिमीभित्र सागर
एक्लै टोलाइरहने किनारा, म हेरुँ कसोरी ?

ईश्वर बलामी
2015~6~1

No comments:

Post a Comment