Sunday, 3 April 2016

गजल

समृद्धि, शान्तिको गीत, गाउन पाए हुन्थ्यो ।
फर्किएर आफ्नै घर, आउन पाए हुन्थ्यो ।।
शिशिरको जाडोमा पनि, बाँचेका छन् सपनाहरु
रंग नयाँ आशाहरूको, लाउन पाए हुन्थ्यो ।।

शरनार्थी आफ्नै देशमा, म बनूँ कसोरी ?
टहरा हैन घर एउटा, छाउन पाए हुन्थ्यो ।।

भविष्यलाई ऋण बोकाई, महगींमा मरुँ कसरी ?
गरि खाने स्वतन्त्रता, पाउन पाए हुन्थ्यो ।।

देश जलाएर, आगो ताप्ने सानो मनहरुमाझ
सन्देश भै बुद्ध मनका, धाउन पाए हुन्थ्यो ।।

ईश्वर बलामी
२०१६ ०१ २२

No comments:

Post a Comment