Friday, 29 April 2016

गजल

हाम्रो देशका कुकूरहरू खोरभित्र लुकि रहन्छन् ।
भित्रैबाट भए पनि बेला–बेला भूकि रहन्छन् ।



यस्तो/उस्तो, यो/त्यो ठूल–ठूला कुरामात्र
विदेशीको पाउमा भने नतमस्त झूकि रहन्छन् ।

दूर्भाग्य यो देशले पनि कति मात्र भोग्ने होला ?
जति मौका मिले पनि सधैभरि चूकि रहन्छन् ।

टेक्नेले त टेकि सके पाइला अनेक ग्रह भरि
हाम्रा भने आकाश हेरी आफैमाथि थूकि रहन्छन् ।

जलेर देश खरानी हुनै लागि सकेको बेला पनि
निभाईदेला कसैले भनि बाटो अझै ढुकिरहन्छन् ।

आहा ! कति राम्रो भन्ने पनि केही बाँकी रहेन
वकम्फूसे/हावादारी हल्लामात्रै फूकि रहन्छन् ।

No comments:

Post a Comment