नसोध मनको हाल- तिमी गएपछि
माछा जस्तै, पानी बिना, धेरैपल्ट मर्नु छ !
ओर्लिनेछन् सपनाहरु, क्यानभासबाट एकदिन
हाँस्नेर-बोल्ने, नाच्नेर-खेल्ने, रंगहरु भर्नु छ !
पूmल मात्र हैन आज, काँडा पनि नाचे जस्तै
खुशीहरु छचल्केर, आँखाबाट झर्नु छ !
उपहार देऊ, सारा पीडाहरु मलाई
आशाहरु, त्यो मनको, कुना-कुना छर्नु छ !
7/4/2015
iSHWOR bALAMI
No comments:
Post a Comment