अनगिन्ती शूभेच्छाका डाली भो उपहार तिमीलाई
अगेनीमा पाइला टेक्ने पहिलो लाली भो उपहार तिमीलाई !
के दिउँ र शुभकामना शिवाय, केही छैन मसँग
माफ गर ! फेरिपनि, खाली भो उपहार तिमीलाई !
वर्षाको रमझम अनी वसन्ती सुसेलीले गाउने जन्मगीतमाझ
कल्पिएर सामीप्यता, अनायशै बज्ने यि ताली भो उपहार तिमीलाई !
श्वासभरि खुशी होऊन, खुशी भरि जीवन मिठो
अनन्त उजेलीहरु पर्खिरहेका, आली भो उपहार तिमीलाई !
एउटै लेखा तिम्रो मेरो, आरम्भ उही, अन्त्य उही
साथ जीवनभरको वाचा, यसपाली भो उपहार तिमीलाई !
ईश्वर बलामी
२०७०–०३–०९समर्पणः तारा बलामी

No comments:
Post a Comment