Sunday, 3 April 2016

गजल(रात यस्तो भयो 1)

काटेर नकाटिने, रात यस्तो भयो 1
तिमी झिर म पीर, साथ यस्तो भयो 2
सबै भिन्न देखिन्छन्, सायद जादु थियो कुनै
विश्वास गर मलाई, अकस्मात यस्तो भयो 1

दुख्छ-थाहा छ, तर दुखाई मिठो अचेल
औषधी गर्न नमान्ने घाऊ, जात यस्तो भयो 1

नबुझ्ने मन छ, म बुझाऊ कसोरी ?
मलाई पनि नभन्ने, वात यस्तो भयो 1

तिमीलाई खोजि हिड्ने मन, मलाई भेट्दा कतै
म त पराई अरे, घात यस्तो भयो 1

ईश्वर बलामी
२०१३-०५-१२

No comments:

Post a Comment