पियारी, चुल्होमा मिठो पाक्यो कि ? हेर
अलिनो होला, नून राख्यो कि ? हेर
मेलामा आफ्नो नदेख्दा सानी, बालखा नानी
कहालिएर, कतै डाक्यो कि ? हेर
हे मेरी जून, पोल्दछ मन, वियोगले झन
त्यो पापी धन, अब ठाक्यो कि ? हेर
विलम्ब होला, यो मेरो देश, बोल्दैन दुखेनी
वृद्ध मनले, वन ढाक्यो कि? हेर
विरानो देश, दिनरात सधैँ चिच्याउँछ सपनी
दरबारी ढुंगाले, देउता भाक्यो कि? हेर
ईश्वर बलामी
अलिनो होला, नून राख्यो कि ? हेर
मेलामा आफ्नो नदेख्दा सानी, बालखा नानी
कहालिएर, कतै डाक्यो कि ? हेर
हे मेरी जून, पोल्दछ मन, वियोगले झन
त्यो पापी धन, अब ठाक्यो कि ? हेर
विलम्ब होला, यो मेरो देश, बोल्दैन दुखेनी
वृद्ध मनले, वन ढाक्यो कि? हेर
विरानो देश, दिनरात सधैँ चिच्याउँछ सपनी
दरबारी ढुंगाले, देउता भाक्यो कि? हेर
ईश्वर बलामी
No comments:
Post a Comment