Sunday, 1 May 2016

गजल

घर बढारी आगनमा फोहोर जमाउनेहरू हो !
वर्षौ देखि यसै गरी गरी रमाउनेहरू हो !


ढिलो–चाँडो हो ! नाश अवश्य हुन् एकदिन
जानी जानी विनाशको बाटो समाउनेहरू हो !

पहाडले पनि छेक्न सक्दैन कदापि हिड्नेहरूलाई तर
बाटो हराउन पनि सक्छछछ, खुुट्टा कमाउनेहरू हो !

नसोच के पाएँ भनि ! सोच के गुमाए भनी
पैसा लिएर दलालको हातमा छोरी ठमाउनेहरू हो !

2016.05.01
Ishwor Balami

No comments:

Post a Comment