Saturday, 9 July 2016

गजल

समयसगैँ, समयजस्तै सबलाई बदलिन छ
चलन यहाँको आखिर यस्तो किन छ ?

नांगो आउने नांगै जाने ए मान्छेहरू सुन
त्याग्ने हो भने माया र प्रेम जिन्दगी हिन छ ।

बाँच जीवनको प्रत्येक पलहरू गुणेर
संंभावना अन्त्य हुनुपूर्व छिनको छिन छ ।

लेख, राख, जाँच हिसाब किताब जिन्दगीको
तरपनि तिरेर नतिरिने केही यस्ता ऋण छ ।

थाहा तिमीलाई पनि छ, मलाई पनि छ
जानु संसारबाट सबलाई एकदिन छ ।

ईश्वर बलामी
2016.07.09

No comments:

Post a Comment