पैसाको लागि सबै थोक बिक्ने- बजारमा छन् मान्छेहरु
लाखौँमा बिकिरहँदा गुन्द्रुक हजारमा छन् मान्छेहरु

घरहरु नयाँ नयाँ बनेका छन् गाँउभरि शहरभरि
त्यसैले होला खेतबारी बेच्ने हतारमा छन् मान्छेहरु

यूवाहरु विदामा घुम्न आउने थलो बनेको छ नेपाल
खै कस्तो पो सोच अनि विचारमा छन् मान्छेहरु

दाल भात तरकारी सबै विदेशकै पाक्छन् चुल्होमा
आफ्नै पकाउनु हुन्थ्यो, विडम्वना कतारमा छन् मान्छेहरु

विकास भएकै हो संसारमा विज्ञान अनि प्रविधिको
सभ्यतामा भने अझै पनि पुछारमा छन् मान्छेहरु

ईश्वर बलामी
2075-11-28
2075-11-28
No comments:
Post a Comment