हाम्रो देशका कुकूरहरू खोरभित्र लुकि रहन्छन् ।
भित्रैबाट भए पनि बेला–बेला भूकि रहन्छन् ।
भित्रैबाट भए पनि बेला–बेला भूकि रहन्छन् ।
बजार जस्तै हो यो दुनियाँ यहाँ |
मनलाई पगाल्ने आखिर मनकै तातोमा न हो ! सुःख एउटा मा त दुःख अर्को पाटोमा न हो ! |
फूले होलान् फूल यहाँ आज भन्दा पैले पनि !
तिमी जस्ती जून भने फूल्या थिएन कैले पनि !! |
अध्याँरो छ यहाँ, बत्ती बल्दैन शहरमा माया जल्छ बरु, मोह जल्दैन शहरमा |
देशमा जनता हराउँदैछन् आजभोली लुकेर पारिबाट स्यालले हेर्दैछ । |
बन्द खाममा गाँउहरु शहर पसेको त्यो दिन सुनसान थियो डेरामा, शहर बसेको त्यो दिन |
दैव पनि नजाने यहाँ, मान्छे थरिथरिका ! खै, मैले त ठाने यहाँ, मान्छे थरिथरिका ! |
तिम्रो जस्तो मेरो पनि रहर छोडेर कहाँ जाउँ ?
रहरै रहरमा उभिएको शहर छोडेर कहाँ जाउँ ? |