कसले चिन्ने, कसले जान्ने, निर्दयी नियति
लेखिएर नि बन्द रै'छ, खाम जिन्दगीको !
मनको बस्ती छोडेर जाने हो भने बजारमा
रक्सीभन्दा सस्तो रै'छ, दाम जिन्दगीको !
जानुछैन केही लिएर संसारबाट, तरपनि
माया मोहमा लामै रै'छ, लाम जिन्दगीको !
नाफा अनि घाटाको हिसाबमा मान्छेहरु
कठै ! नाघेर हिड्ने रै'छ, राम जिन्दगीको
Ishwor Balami
07.05.2015
No comments:
Post a Comment