Sunday, 3 April 2016

गजल

श्रृष्टि काप्यो, फात्यो धर्ती त्यो प्रहर
भगनावशेष माथि रक्त स्नान गर्यो शहर

सन्नाता छायो, आरुनै मलामीबाट फर्के जस्तो
गाउदैन कोइली अब त, नाच्दैन गाँउघर

सपनाको काँचसँगै फूट्यो सम्झनाको तस्विर
बाँकी रह्यो त केवल, भष्म खण्डहर

दिनरात अविरल रोइरहन्छन् आँखाहरु
हेदैव, तैले कस्तो पिलाइ गयौ जहर

बदल शोकलाई अटूट शक्तिमा, हे मनहरु
आरम्भ गर्न अध्याय नयाँ यूगको चिरेर कहर

दुख्छ घाउ, जल्दछ छाती सम्झदा त्यो दिन
मर्ने त मरेर गए टाढा, मर्नु हुँदैन रहर

ईश्वर बलामी

No comments:

Post a Comment