Sunday, 3 April 2016

गजल( प्रेमको पत्र मायालूलाई)

ए पवन देख्यौ कि यत्रतत्र मायालूलाई
पठाउनू थियो प्रेमको पत्र मायालूलाई

भनूँ कसरी? ढुकढुक गर्ने तिमी पो त
देखाई दिन्थे चिरेर छाती नत्र मायालूलाई

जे सोचून् जे भनून् दूनियाले मलाई
अनुमति छ, राज गर्न एकछत्र मायालूलाई

दिनमा, रातमा, आकाशमा धर्तीमा किन अचेल
हेरिरहुँ जस्तो लाग्छ सर्वत्र मायालूलाई

तिम्रो माया साच्चै लाग्छ आफैभन्दा धेरै
सोर्ह मेरो लागे, लाग्छ सत्र मायालूलाई

ईश्वर बलामी
2016.04.03

No comments:

Post a Comment