जूठो नबारी खाए हुन्छ, म मरेपछि पनि
रुक्नु होइन जीवन, यो त चल्नु पर्छ
गति अझै बढाए हुन्छ, म मरेपछि पनि
यी गीत यी धून रहनेछन् म नरहेपनि
धीतै मारी गाए हुन्छ, म मरेपछि पनि
यस्तै रहेछ चलन यहाँको भनिकन मनलाई
सुस्तरी सम्झाए हुन्छ, म मरेपछि पनि
छोड कू-संस्कार, तोड कू-रीति तिमी निसंकोच
मन्दीरमा आए हुन्छ, म मरेपछि पनि
ईश्वर बलामी
2016-02-15
No comments:
Post a Comment