Thursday, 28 April 2016

गजल

थोरै असल धेरै जाली लाग्यो संसार
भित्र भित्रै खोक्रो अनि खाली लाग्यो संसार



सबै राम्रा लाग्दा रहेछन् वैश छदासम्म
पछि पो त गन्हाएको नाली लाग्यो ससार

माया गर्दा आफ्नै जस्तो पनि लागेको थ्यो
रिसाउँदा वर्षायामको काली लाग्यो ससार

बेग्लै थियो हिजो रूप अनि रंंग संसारको
आज भने चिहान जस्तै कहाली लाग्यो ससार

प्रत्येक मस्त साँझहरू पिच्छे फेरिदै जाने
वेश्यालयको सस्तो लाली लाग्यो ससार

2016.04.23
Ishwor Balami

No comments:

Post a Comment