Sunday, 3 April 2016

गजल(पीरमा बसेको छु।)

कति पटक पीरमा बसेको छु।
कति पटक भीरमा बसेको छु।।


मेरो वसन्त तिमी आऊन,
म यहाँ अल्झिएर शिशिरमा बसेको छु।।

अनन्त अधेँरीले कैद, मौन शिविरमा आऊ
खोल बन्द ढोका, म तस्विरमा बसेको छु।।

स्वतन्त्र छौ तिमी उड पन्छी झैँ
म यहाँ अल्झिएर जनजिरमा बसेको छु।।

नसोध के हुन्छ तिमीबिना एक्लै मलाई
माछा झैँ कति पटक झीरमा बसेको छु।।

ईश्वर बलामी

No comments:

Post a Comment