आफ्नालाई पनि पराया जस्तै पारेकै छ ।
दिने पनि हारेकै , लिने पनि हारेकै छ ।
सुखको साथी हो, यो पैसा भन्ने चीज पनि
दुःखमा त बहाना अनेक गरी तारेकै छ ।
आज भन्दा भन्दै, भोली भन्दा भन्दै
जीवनभर भाका दिनको दिन सारेकै छ ।
घमण्ड नगर आज तिम्रो साथमा छ भनेर
जस्ताको पनि शेखी पैसाले झारेकै छ ।
न्याय खोजूँ म कहाँ ? यहाँ त दिन दहादै
पैसैको लागि मान्छेलाई मान्छेले मारेकै छ ।
2016.04.23
Ishwor Balami
दिने पनि हारेकै , लिने पनि हारेकै छ ।
सुखको साथी हो, यो पैसा भन्ने चीज पनि
दुःखमा त बहाना अनेक गरी तारेकै छ ।
आज भन्दा भन्दै, भोली भन्दा भन्दै
जीवनभर भाका दिनको दिन सारेकै छ ।
घमण्ड नगर आज तिम्रो साथमा छ भनेर
जस्ताको पनि शेखी पैसाले झारेकै छ ।
न्याय खोजूँ म कहाँ ? यहाँ त दिन दहादै
पैसैको लागि मान्छेलाई मान्छेले मारेकै छ ।
2016.04.23
Ishwor Balami
No comments:
Post a Comment