आकाश भ्रम हो, शून्यता हो, नगर लोभ
जति उफ्रे पनि तर टेक्ने त, माटोमा न हो ! मागेर हुन्न, चाहेर हुन्न ! पाउने आखिरमा जे दियौ, जति दियौ त्यसकै साटोमा न हो ! एक्लै आयौ यो दुनियाँमा, जाने पनि एक्लै हो भेट्टिने अनि छुट्टिने त यही बाटोमा न हो ! तर्क आ–आफ्नै छन्, बहाना अनेक छन् संसारमा तरपनि युद्ध सधैं कालो अनि रातोमा न हो ! ईश्वर बलामी २०१६ ०२ ११ |
No comments:
Post a Comment