कुनैदिन ईश्वरले बालख बनाईदिए
रोइदिन्थे मनहरु सँगसँगै म रुँदा
हाँसिदिन्थे मसँगै, खुशीमा म हुँदा
कुनैदिन ईश्वरले बालख बनाईदिए
खुशी हुन्थ्यो होला ढुंगा नि मैलै छुँदा
म मा बस्थे तीनै लोकका पति
साक्षात् ईश्वर पनि बालख बनि
कुनैदिन ईश्वरले बालख बनाईदिए
फूलजस्तै सूकोमल बनिदिन्थे म पनि
ईश्वर ठूला सबैभन्दा, म हुन्थे ऊभन्दा माथि
हात्ती-घोडा, वाघ-भालु हुन्थे मेरा प्यारा साथी
कुनैदिन ईश्वरले बालख बनाईदिए
खुशी हुन्थे साच्चै ! आहा म कत्ति ?
सबको प्यारा हुन्थे, आँखाको तारा हुन्थे
चंचल म हासिदिन्थे घरि, घरि म रुन्थे
कुनैदिन ईश्वरले बालख बनाईदिए
उफ्री ऊफ्री धर्तीमा, म खुशीले झुम्थे
इखालु भएँ, विषालु भएँ ठूलो हुने रहरले
सपना बेच्ने बजारमा बेचिदियो मलाई शहरले
कुनैदिन ईश्वरले बालख बनाईदिए
ठूलो हुने रहर काटिदिन्थे जहरले
ईश्वर बलामी
2015/8/12
रोइदिन्थे मनहरु सँगसँगै म रुँदा
हाँसिदिन्थे मसँगै, खुशीमा म हुँदा
कुनैदिन ईश्वरले बालख बनाईदिए
खुशी हुन्थ्यो होला ढुंगा नि मैलै छुँदा
म मा बस्थे तीनै लोकका पति
साक्षात् ईश्वर पनि बालख बनि
कुनैदिन ईश्वरले बालख बनाईदिए
फूलजस्तै सूकोमल बनिदिन्थे म पनि
ईश्वर ठूला सबैभन्दा, म हुन्थे ऊभन्दा माथि
हात्ती-घोडा, वाघ-भालु हुन्थे मेरा प्यारा साथी
कुनैदिन ईश्वरले बालख बनाईदिए
खुशी हुन्थे साच्चै ! आहा म कत्ति ?
सबको प्यारा हुन्थे, आँखाको तारा हुन्थे
चंचल म हासिदिन्थे घरि, घरि म रुन्थे
कुनैदिन ईश्वरले बालख बनाईदिए
उफ्री ऊफ्री धर्तीमा, म खुशीले झुम्थे
इखालु भएँ, विषालु भएँ ठूलो हुने रहरले
सपना बेच्ने बजारमा बेचिदियो मलाई शहरले
कुनैदिन ईश्वरले बालख बनाईदिए
ठूलो हुने रहर काटिदिन्थे जहरले
ईश्वर बलामी
2015/8/12
No comments:
Post a Comment