संसार आज जस्तै थियो हिजो पनि तर आउने अनि जाने यहाँ, मान्छे थरिथरिका ! विश्वास गर्नु कसरी, आफैसँग झुटा झुटा वाचा कसम खाने यहाँ, मान्छे थरिथरिका ! रहरै रहरको भूमरिमा कति छन् कति ! बोकेर कसले लाने यहाँ, मान्छे थरिथरिका ! राम्रा पनि छन्, नराम्रा पनि छन् संसारमा कसले कसलाई छाने यहाँ, मान्छे थरिथरिका ! ईश्वर बलामी २०१६ ०२ १४ |
No comments:
Post a Comment