Ishwor Balami
Collection of articles written by Ishwor Balami.
Sunday, 3 April 2016
गजल(शहर पसेको त्यो दिन)
बन्द खाममा गाँउहरु शहर पसेको त्यो दिन
सुनसान थियो डेरामा, शहर बसेको त्यो दिन
कालो थियो आकाश, पानी परेपछि पनि
झुपडीको छानामाथि, शहर खसेको त्यो दिन
विश्वास हुन्न, भूल्न सकेछ कसरी शहरले
आफन्तको साईनोमा, शहर कसेको त्यो दिन
म गाउँ हुँ, सायद त्यसैले अन्धकार छायो ममा
स्वार्थ र लालचले, शहर डसेको त्यो दिन
भूल्नु हुन्न शहरले, हातेमालो यही गाउँले गरेथ्यो
चौतर्फी परिबन्धमा, शहर फसेको त्यो दिन
ईश्वर बलामी
2015-11-25
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment