हिजो के गर्यौ ? के गर्छौ आज ? सरकार
जनतै नरहे कसमा गर्छौ राज ? सरकार
भोका छन् जनता, दुखी छन्, रोगी छन्
अश्रूधारा पाक्छ बिहान साँझ ! सरकार
दलाल मात्रैले घेरिएको छ तिम्रो सिहदरबार
आएर हेर दुखी जनताको माझ ! सरकार
अभाव छ, महगी छ, शोषण छ, विभेद पनि छ
यस्तो चालाले चल्दैन काम काज ! सरकार
गाँउमा वृद अनि वालक मात्रै बाँकी छन्
तिमीलाई भने कहिले लाग्ने हो लाज ! सरकार
जनतै नरहे कसमा गर्छौ राज ? सरकार
भोका छन् जनता, दुखी छन्, रोगी छन्
अश्रूधारा पाक्छ बिहान साँझ ! सरकार
दलाल मात्रैले घेरिएको छ तिम्रो सिहदरबार
आएर हेर दुखी जनताको माझ ! सरकार
अभाव छ, महगी छ, शोषण छ, विभेद पनि छ
यस्तो चालाले चल्दैन काम काज ! सरकार
गाँउमा वृद अनि वालक मात्रै बाँकी छन्
तिमीलाई भने कहिले लाग्ने हो लाज ! सरकार
2016.04.24
Ishwor Balami
No comments:
Post a Comment