Sunday, 3 April 2016

गजल

मिथ्या होइन धमनीको खुनमा बग्ने तिमी सर्वत्र लेखेँ ।
मेरो संसार रजाई गर्ने तिमी एकछत्र लेखेँ ।।

साक्षी छन् मायारुपी शब्दहरु यी हातले सजाएका
मनको वह पोखाएर पियारी तिमीलाई प्रेमपत्र लेखेँ ।।

समय पनि कति मिठो पागल भन्थे दुनियाँले
तिम्रो नाम मेरो नाम जोडाएर यत्र तत्र लेखेँ ।।

श्रृंखला अनेक होलान्, अनेक होलान् कथा यहाँ
मेरो जीवन रंगमञ्चमा तिमी एउटै पात्र लेखेँ ।।

के-के सिके, के-के जाने दुनियाँले आजसम्म
मैले सिकेँ एकैथरि तिम्रो नाम मात्र लेखेँ ।।

ईश्वर बलामी
२०१३-०३-३

No comments:

Post a Comment