Sunday, 3 April 2016

गजल

वारि हेर्यो पारि हेर्यो ठूलठूला भीर छ
कता पो जानू खै? मनैभरि पीरै पीर छ

उडेर पो कहाँ पूगिन्छ र ? मनै चंगा नभए
वसन्त होला कहि, यहाँ त अझै शिशिर छ

आकाश छूने मन कसलाई पो हुन्न र यहाँ ?
हातैभरि पाउैभरि, वेरिएको जनजीर छ

खै यो जीन्दगी भन्ने पनि कस्तो हो कस्तो
मेटेर नि नमेटिने, यो मान्छेको तकदीर छ

ईश्वर बलामी
2016~04~03

No comments:

Post a Comment