Sunday, 3 April 2016

गजल( अब त गरि खान देऊ)


स्वाभिमानी भै माग्छु, मलाई एक दान देऊ
चाहिदैन अरु केही, अब त गरि खान देऊ

के गर्नु सुन, के गर्नु चाँदि सकिन्छ एकदिन
सकिन्न जो दिएर कहिल्यै, त्यस्तो ज्ञान देऊ

बन्दी भएर सपनाहरु, कारागारमा बस्ने कैलेसम्म
खोल बन्द ढोका, स्वतन्त्र तिनलाई जान देऊ

पसिना बग्नु पर्छ अब त, बनाउन आफ्नै देश
गरे के हुन्न यहाँ ? गर्नेलाई सम्मान देऊ

भोक छ, रोग छ, शोक पनि छ यहाँ
सबलाई जित्छ मान्छे, केवल सुन्दर बिहान देऊ

ईश्वर बलामी
२०१६ ०१ २१
 

No comments:

Post a Comment